२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

सल्यानमा घाँस काट्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु

सल्यानमा भैंसीकाे लागि घाँस काट्न गएका एकजना पुरुषको भीरबाट खसेर मृत्युु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ बालुवासंग्रही नजिकै अम्राका अन्दाजी ४५ वर्षीय दिपक कामीको मंगलबार बिहान घाँस काट्ने क्रममा भीरबाट खसेर मृत्युु भएको हो ।

बिहान साढे ६ बजे उनी घरदेखि केही भाग तल घाँस काट्न गएका थिए । घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर भेरी करिडोर सडकमा खसी उनको घटनास्थलमै ज्यान गएको स्थानीयहरुले बताएका छन् ।

अहिले घटनास्थलमा प्रहरी चौकी बालुवासंग्रही र इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी टोली पुगेको छ ।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया लेख्नुहोस