२०८३ बैशाख १० गते बिहिवार | 2026 April 23rd Thursday

बजार क्षेत्रमा सरसफाइ तथा फाेहर व्यवस्थापनका लागि डस्टबिन वितरण कार्यक्रम

सल्यानको बागचाैर नगरपालिका २, थारमारे र बागचाैर बजार क्षेत्रमा सरसफाइ तथा फाेहर व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको छ ।

बागचाैर नगरपालिकामा संचालित बैंक, लघुवित्त तथा सहकारी संस्था कर्मचारी मञ्चकाे आयोजनामा डस्टबिन वितरण तथा सरसफाइ कार्यक्रम गरिएको हाे ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थारमारे र बागचाैर बजार क्षेत्र भित्र सरसफाइ गरिएको थियाे । थारमारे र बागचाैर बजारमा विभिन्न स्थानमा फाेहर संकलनका लागि १२ थान फलामकाे स्ट्यान सहित डस्टबिन वितरण गरिएको छ ।

लघुवित्त मिलन केन्द्रका अध्यक्ष बम कृष्ण वलीकाे अध्यक्षतामा भएको कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, नगर प्रवक्ता दिपेश डि.सी ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख प्रहरी निरीक्षक नवीन थापा मगर, विभिन्न बैंक, लघुवित्त तथा सहकारी संस्थाका प्रमुख तथा कर्मचारी, ट्राफिक प्रहरी, बजार व्यवस्थापन समितिका पदाधिकारी, व्यापारी लगायतकाे उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस