२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

चर्चित गायक शक्ति चन्दको तीज गीत “भस्मे मन पर्यो” सार्वजनिक- भिडियो सहित

पछिल्लो पुस्ताका लोकप्रिय लोक तथा दोहोरी गायक, गीतकार, संगीतकार शक्ति चन्दले यो वर्ष पनि तीज गीत भस्मे मन पर्याे सार्वजनिक भएको छ ।

हरेक वर्ष गायक चन्दले तीज गीत मार्फत आफ्ना स्रोतालाई भरपुर मनोरंजन दिंदै आएका छन, यो वर्ष पनि “भस्मे मन पर्यो” बोलको तीज गीत सार्वजनिक गरेका हुन ।

लोक तथा दाेहाेरी गायिका टिका पुन र शक्ति चन्दको आवाज रहेको उक्त गीतमा शब्द तथा संगीत शक्ति चन्दको रहेको छ ।

साविकको मध्यपश्चिमाञ्चल क्षेत्रमा रुचाइने भस्मे मन पर्यो भन्ने शब्दलाइ टपक्क टिपेर शब्द जोड्दै गायक चन्दले गीतमा परिणत गरेका छन । साथै पश्चिम नेपालमा रुचाइने शब्द औडा मन पर्यो पनि यो गीतमा समाबेस गरिएको छ ।

खेमराज गौतमको संगीत संयोजन रहेको सो गीतलाई मारुनी रेकर्डिङ स्तुडियोमा रेकर्ड गरिएको हो भने सुमन राना र खुमन रानाले रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिंग गरेका हुन् । मोडल अनु शाह, संचिता बोलाखे रायन बस्याल र झविन नेपालीको अभिनय रहेको उक्त गीतलाई प्रकाश खड्काले खिचेका हुन भने राजकुमार मगरले भिडियो सम्पादन गरेका हुन् ।

विजय बुढा मगरको कोरियोग्राफि रहेको उक्त गीतको भिडियोलाई राज कुमार मगरले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियो शक्ति चन्दको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यो गीतको भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस ।

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस