२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

दाङबाट काठमाडाैं जादै गरेको बस दुर्घटना २६ जना घाइते, ३ जनाकाे अवस्था गम्भीर

दाङबाट काठमाडाैं जादै नाइट बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।

शनिबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक दाङ तुलसीपुरबाट काठमाडौं जादै गरेको बाग्मती प्रदेश ०३–००१ ख २६७५ नं. को बस बिहान करिब ५ बजे अनियन्त्रित भई सडकको किनारामा पल्टिएको हो।

दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन् । उनिहरुलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो। अन्य घाइतेको उपचार ​मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा भइरहेको छ।

प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान छत्रेश्वरी–३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष के.सी र सल्यान जिल्ला बागचौर नगरपालिका–१० का ५० वर्षीय मान बहादुर खड्काको अवस्था गम्भीर छ।

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस