२०८२ माघ ९ गते बिहिवार | 2026 January 22nd Thursday

सल्यानका क्यान्सर पिडित पवित्राको उपचारका लागि आर्थिक सहयोगको अपिल

सल्यानको बागचौर नगरपालिका वडा नं. ६ बाङ्तिरे निवासी क्यान्सर पिडित पवित्रा वली बस्नेतको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरिएको छ ।

बागचौर नगरपालिका वडा नं. ६ का खिम बहादुर बस्नेतकी ३१ वर्षिय श्रीमती पवित्रा वली बस्नेतलाई क्यान्सर पुष्टि भएपछि उपचारको लागि तत्कालै धेरै आर्थिक लाग्ने भएको हुदा परिवारलाई अप्ठ्यारो परेपछि सहयोगको लागि सबैतिर अपिल गर्नु परेको उहाँका श्रीमानले बताउनुभयो।

क्यान्सर पिडित पवित्रा पहिले देखि नै बिरामी परिरहेको र हाल उपचार गर्न काठमाडौं लग्दा मात्रै उहाँलाई ल्युकेमिया (ब्लड क्यान्सर) भएको पुष्टि भएको हो ।

डाक्टरको सल्लाह अनुसार एकैचोटी तत्कालै धेरै रकम जम्मा गर्नु पर्ने भएकोले तत्कालै धेरै पैसा आफुले मात्रै जम्मा गर्न मुस्किल पर्ने भएकोले सहयोगी मनहरुलाई सक्दो सहयोग गर्न क्यान्सर पिडित पवित्राका श्रीमान बस्नेतले हार्दिक अपिल गर्नुभएको छ । जसको लागि क्यानसर पिडित पवित्रा वली बस्नेतका श्रीमान खिम बहादुर बस्नेतको नाममा रहेको ग्लोबल आईएमआई बैंक लिमिटेडको खाता नम्बरमा सक्दो आर्थिक सहयोगका लागि परिवारले अपिल गरेका छन ।

खाता नम्बर : 4108010000436
खाता नाम : KHIM BAHADUR BASNET
बैंक नाम : GLOBAL IME BANK LTD घोराही शाखा
सम्पर्क नं. : 9849043157

 

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस