२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

सल्यानमा एक वेवारिसे पुरुषको शव फेला

सल्यानमा बेवारिसे अवस्थामा एक पुरुषको शव भेटिएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका १ काभ्राको सल्लेरी सामुदायिक वनमा बुधबार पुरुषको शव भेटिएको हो ।

शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । उहाँका अनुसार शव गल्न थालिसकेकाले केही दिन पहिले नै पुरुषकाे मृत्यु भएको हुन सक्ने जनाइएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय लुहामको टोली गएर अनुसन्धान गरिरहेको छ । शव पहिचानका लागि खोजीनीति समेत भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस