२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

नेपाल किक बक्सिङ संघ सल्यानकाे अध्यक्षमा प्रमोद भण्डारी चयन

सल्यानमा नेपाल किक बक्सिङ संघ गठन भएको छ , जसको अध्यक्ष पदमा प्रमोद भण्डारी चयन हुनुभएकोछ ।

 

नेपाल किक बक्सिङ संघका केन्द्रिय उपाध्यक्ष हरि विष्टको उपस्थितिमा आज सल्यान खलंगामा भएको भेलाले सात सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो ।

नव गठित नेपाल किक बक्सिङ संघ सल्यानको कार्यसमितिमा उपाध्यक्ष अमर सिंह, सचिब राजु नेपाली (बादल), कोषाध्यक्ष अन्जना चन्द र सदस्यहरु दिपेन्द्र चन्द, प्रकाश शाह, सुनिल वि.क रहनुभएको छ । साथै संघको सल्लाहकारमा सन्तोष के.सी. र बबि शाह रहनुभएको ।

कराँते महासघ सल्यानका अध्यक्ष ववि शाहको सहजिकरण तथा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शिवराज अधिकारीको रोहबरमा नयाँ कार्य समिति गठन गरिएको हो ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस