विदेश आउजाउ गर्नको लागि चाहिने पुलिस रिपोर्ट अर्थात् प्रहरी चारित्रिक प्रमाणपत्र अब अनलाइनबाटै प्रमाणीकरण हुने भएको छ ।
अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्रका लागि फारम भर्नेदेखि पैसा भुक्तानीसम्मका काम हुने कन्सुलर विभागले जनाएको छ ।
यस्तो छ प्रक्रिया:
पुलिस रिपोर्ट चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि यहाँ https://att.nepalconsular.gov.np/ क्लिक गर्नुहोस् । त्यसपछि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि अनलाइन फारम भर्ने तरिका पढ्ने । पढिसकेपछि मैले पढेँ भन्नेमा टिक लगाउने र नेक्स्ट (NEXT) थिच्ने ।
प्रहरी चारित्रिक प्रमाणपत्रमा लेखिएको नम्बर र जन्म मिति दिएर प्रहरीबाट जारी भएको प्रमाणपत्र हेर्ने । विवरण ठीक भएमा बैंक वा अनलाइनबाटै राजस्व तिर्न सकिन्छ । त्यहीँ राजस्व तिरेको जानकारी दिएपछि कन्सुलर सेवा विभागले प्रमाणित गर्छ र अर्कोे दिन अनलाइनमार्फत् डाउनलोड गरेर प्रिन्ट गर्न सकिन्छ ।