२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

सल्यानमा घाँस काट्न गएकी महिला घाँटी रेटिएको अवस्थामा मृत फेला

सल्यानको शारदा नगरपालिकामा घाँस काट्न गएकी एक महिला घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी छिन् ।

जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा ढारखानी निवासी अन्दाजी ३९ वर्षकी प्रमिला गिरी आइतबार बिहान गाउँ नजिकै मृत फेला परेको स्थानीयले बताएका छन् ।

बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजीकार्य गर्दा बारीमा मृत अवस्थामा भेटिएकी हुन् । शव हेर्दा घाँटी काटिएको जस्तो देखिएको स्थानीयबासीले बताएका छन् । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानको टोली पुगी घटना बारे अनुसन्धान भईरहेकाे प्रहरीकाे भनाइ छ ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस