२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

जिल्ला अस्पताल सल्यानमा कार्यरत डाक्टर माथि हातपात गरेको आरोपमा एक जना पक्राउ

जिल्ला अस्पताल सल्यानमा कार्यरत डाक्टर राहुल पाण्डेय माथि हातपात गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले एक जनालाई पक्राउ गरेको छ ।

डाक्टर पाण्डेय माथि अपशब्द प्रयोग गरी सार्वजनिक स्थानमा हातपात गरेको भन्दै प्रहरीले दार्मा गाउँपालिका १ का अन्दाजी २२ वर्षीय दिपेन्द्र चन्दलाई पक्राउ गरेको हो ।

बुधबार साँझ शारदा नगरपालिका १ श्रीनगरमा डाक्टर माथि चन्दले मादक पदार्थ सेवन गरी अपशब्द प्रयोग गरी सार्वजनिक स्थलमा हातपात गरेको भन्दै डाक्टरले जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।

अभद्र ब्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय सल्यानबाट म्याद थप गरि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस