२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

सल्यानमा बाख्रा चराउन गएका बालकको ढुङ्गाले लागेर मृत्यु

सल्यानमा बाख्रा चराउन गएका एक बालकको माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ । शनिवार दिउसोँ २ बजेतीर सल्यानको शारदा नगरपालिका ९ मा रहेको सुनधारा सामुदायिक बनको पातेखोला भन्ने स्थानमा बाख्रा चराउन गएका सोही वडाका ढिकमुली टोल बस्ने वर्ष ११ का अर्जुन बुढाथोकीको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको हो ।

बाख्रा चराउन गएका बालकको माथिबाट खसेकाे ढुङ्गाले टाउकोमा गहिरो चोट लागेको र उनको घटनास्थलमा नै मृत्यु भएको वडा अध्यक्ष हेमेन्द्र कुमार बुढाथोकीले जानकारी दिनुभयो । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस