२०८१ असार १ गते शुक्रवार | 2024 June 14th Friday

चर्चित गायक भागिरथ चलाउनेको तिज गीत ‘मायाले त होला’ सार्वजनिक- भिडियो सहित

चर्चित लोक तथा दोहरी गायक भागिरथ चलाउनेको तिज गीत ‘मायाले त होला’ सार्वजनिक भएको छ । नेपाली लोक तथा दोहरी गायन क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल तथा सधै मौलिक गीत संगीतमा जाेड दिने गायक भागिरथ चलाउनेका थुप्रै चर्चित लोक तथा दोहरी गीतहरु छन ।

पछिल्लो केही वर्ष यता चलाउनेका तीज गीतहरू निकै चर्चामा रहेका छन। उनले प्रत्येक वर्ष तिज प्रस्तुत गर्दै आयका छन । उनको गीत बजारमा आउन बित्तिकै दर्शक स्राेताकाे मन जित्न सफल हुन्छन् । अघिल्लो वर्ष झम-झम झम्काना वर्षको उत्कृष्ट तिज गीत बनेको थियो । यो वर्ष पनि महिलाको महान पर्व हरितालिका तिज नजिकै आउने क्रममा तिज गीत मायाले त होला सार्वजनिक गरेका छन । दर्शक, स्राेताकाे माया साथले यो वर्ष पनि तिज गीत सार्वजनिक गर्न सफल भएको चलाउनेकाे भनाइ छ।

भागीरथ चलाउनेको स्वरमा रहेका कसलाइ साेध्ने हाेला, झम झम झम्काना, थोपडाले धोका दियो बरिलै, नरिसाउन कान्छू बाेलका गीतहरु सहित दर्जनौ तिज तथा लाेक दाेहाेरी गीत चर्चामा रहेका छन।

गीत संगीतकै निरन्तरतामा भागीरथ चलाउनेले फेरि अर्को तिज गीत मायाले त होला ल्याउनुभएको हो। गीतमा निकै उत्कृष्ट शब्द समावेश गरिएको छ । गीतमा भागिरथ चलाउने र पछिल्लो समय निकै चर्चा कमाउन सफल गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ। गीतको शब्द लय सिर्जना चलाउनेले आफैं गरेका हुन । मौसम हिमालिको उत्कृष्ट निर्देशनमा रहेको गीतको म्युजिक भिडियोमा भागीरथ चलाउने र अञ्जना बराईलिको अभिनय रहेको छ । गीत भागिरथ चलाउने युट्युव च्यानल बाट सार्वजनिक गरिएको छ ।

हेर्नुहोस भिडियो :

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस