२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

सल्यानको कुमाखमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ४ बाल्लेखोलादेखि बाल्ले जाँदै गरेको रा १ त ३४८७ नम्बरको ट्याक्टर गएराती दुर्घटना भएको हो ।

दुर्घटनामा परी सल्यान कुमाख गाउँपाकिला ५ तलधरी बस्ने अन्दाजी २७ वर्षका राम बहादुर बुढाथोकीको सोही ट्याक्टरको ट्रालीले च्यापि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बाल्लेखोलादेखि बाल्लेमा निर्माणाधिन स्वास्थ्य चौकीको बालुवा लोड गरि जाने क्रममा अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । ट्याक्टर सडकबाट झन्डै १० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस