२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

सल्यानमा गुडिरहेकाे बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु

सल्यानमा गुडिरहेको यात्रुवाहक बसमा करेन्ट प्रवाह हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान दाङ बाट सल्यान खौला तर्फ जाँदै गरेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट प्रवाह भई दुर्घटना भएको बताइएको छ ।

राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको कपुरकोट ३, चोरखोला नजिक बिद्युत लाइनको करेन्ट प्रवाह भैरहेको लत्रीएको तारले बसलाइ छुन पुगेको स्थानियहरुले बताएका छन्
। लत्रीएको बिद्युत तारले बसलाइ छुंदा बसभरी नै करेन्ट प्रवाह भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा रोल्पा जिल्ला गंगादेब गाउँपालिका ४ का बालराम डाँगी र उनका छाेरा टोपलाल डाँगी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बस साहु सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका ६ लान्तीका महेन्द्र ओलीकाे अबस्था गम्भिररहेको र उपचारका लागि दाङ पठाइएको बताइएको छ । अन्य सामान्य घइते रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस