२०८२ फाल्गुन ३ गते आइतवार | 2026 February 15th Sunday

सल्यानकाे बागचाैरमा नि:शुल्क याेग शिविर सम्पन्न

सल्यानकाे बागचाैरमा ५ दिने नि:शुल्क याेग शिविर सम्पन्न भएको छ । बागचाैर नगरपालिकाकाे आयोजना र पतंजलि याेग समिति सल्यानकाे समन्वयमा नि:शुल्क याेग शिविरकाे आयोजना गरिएको थियो ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे अध्यक्षतामा भएको नि:शुल्क याेग शिविरकाे समापन कार्यक्रममा बाेल्दै नगर प्रमुख जनकराज गाैतमले शारीरिक र मानसिक आरोग्यका लागि योग महत्वपूर्ण रहेको बताउदै नगरवासीहरु स्वस्थ रहेमा मात्रै नगरपालिकाकाे समृद्धिमा सहयाेग पुग्ने बताउनुभयो । आगामी दिनमा समेत नगरपालिकाले याेग शिविर लगायत याेग सम्बन्धि कार्यक्रम संचालन गर्ने उहाँले जानकारी दिनुभयो ।

याेग शिविरमा सहभागीहरुले याेग शिविरकाे आयोजना गर्ने नगरपालिकालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा याे कार्यक्रमलाई निरन्तरता दिन, शिविरकाे समयावधि बढाउन र उचित हलकाे व्यवस्थापन गरिदिन नगर प्रमुख समक्ष आग्रह गरेका छन ।

याेग शिविर जनकल्याण नमुना माध्यमिक विद्यालयकाे हलमा संचालन भएको थियोे । याेग शिविरमा सबै उमेर समुहकाले सहभागीता जनाएका थिए ।

याेग शिविरकाे उद्घाटन कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, पतंजलि याेग समिति सल्यानका प्रभारी प्रेम कुमार आचार्य, पतंजलि याेग समिति बागचाैरका प्रभारी चुडामणि के.सी, याेग प्रशिक्षक अमर भुषाल, निम बहादुर खड्का, जनकल्याण नमुना माध्यमिक विद्यालयका डा. पुर्ण बहादुर भण्डारी लगायत नगरवासीकाे उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस