सल्यानकाे बागचाैर नगरपालिकाका विभिन्न स्थानमा राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
यस वर्षको राष्ट्रिय धान दिवसको नारा, ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ रहेको छ ।
बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम नगर भित्रका विभिन्न स्थानमा धान राप्ने कार्यक्रममा सहभागी हुनुभयो । जनकल्याण नमुना माध्यमिक विद्यालयकाे आयोजनामा भएको धान राेप्ने कार्यक्रममा सहभागी भई विद्यार्थीहरु उहाँले धान समेत संगै रोप्नु भयो । जनकल्याण नमुना माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्मका कृषि बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुले विद्यालयको आफ्नै कार्यक्रम सिक्दै कमाउँदै अन्तर्गत धान दिवसको अवसरमा धान रोपाई गरेका हुन् । सिकाइलाई श्रम, श्रमलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई आम्दानी सँग जोड्ने उद्देश्य अनुरुप स्वराेजगारमूलक शिक्षामा जोड दिएको विद्यालयले विद्यालयकाे ८० राेप्नी जमिनमा तरकारी, फलफूल र धान उत्पादन गर्दै आइरहेको छ ।
हेर्नुहाेस फाेटाे फिचर