२०८३ बैशाख ३० गते बुधवार | 2026 May 13th Wednesday

बागचाैर नगरपालिकामा दलित छुवाछुत सचेतनामुलक कार्यक्रम सम्पन्न ।

सल्यानकाे बागचाैर नगरपालिकामा वडा देखि पालिका स्तरसम्म दलित छुवाछुत सचेतनामुलक कार्यक्रम गरिएको छ ।

बागचौर नगरपालिको आयोजना र दलित नागरिक समाज सल्यानको सहजिकरणमा , दलित छुवाछुत सचेतनामुलक कार्यक्रम , वडा स्तर हुँदै पालिका स्तरको कार्यक्रम गरिएको हाे ।

बागचौर नगरपालिकाका सामजिक बिकास शाखा प्रमुख तथा वडा नं ८ का वडा अध्यक्ष शुसिल जंग चन्दको अध्यक्षतामा नगर-प्रमुख जनकराज गौतमको प्रमुख आथित्यतामा पालिका स्तरीय अन्तरक्रियात्मक कार्यक्रम गरिएको हाे ।

कार्यक्रममा बागचौर नगरपालिकाका विभिन्न वडा बाट सहभागी झन्डै १८० जना भन्दा धेरै दलित समुदायका लाई प्रशिकहरु, गुमान सिंह नेपाली, अधिवक्ता सिपि वली, एकराज थापा, प्रेम नारायण बि.कले पशिक्षण दिनुभएको थियाे।

कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, नगर प्रवक्ता दिपेश डि.सी, वडा नं १ का वडा अध्यक्ष गंगाराम बस्नेत, वडा नं. ४ का वडा अध्यक्ष कृष्ण बहादुर बस्नेत, वडा नं.७ का वडा अध्यक्ष प्रेम बहादुर डाँगी, कार्यपालिका सदस्य रिता दमाई, वडा नं १’२’३’७’८ र १० का दलित महिला सदस्यहरु, र ईलाका प्रहरी कार्यालय थारमारेका प्रहरी निरिक्षक कनक बहादुर शाही लगायत नगरवासीहरुकाे उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस