२०८३ बैशाख १० गते बिहिवार | 2026 April 23rd Thursday

सल्यानकाे बागचाैरमा ५ दिने नि:शुल्क याेग शिविर सुरु- खबर एक्सरे

सल्यानकाे बागचाैरमा ५ दिने नि:शुल्क याेग शिविर सुरु भएको छ । बागचाैर नगरपालिकाकाे आयोजना र पतंजलि याेग समिति सल्यानकाे समन्वयमा नि:शुल्क याेग शिविर थारमारेमा सुरु भएको हाे ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले ५ दिने नि:शुल्क याेग शिविरको उद्घाटन गर्नुभयो । शारीरिक र मानसिक आरोग्यका लागि योग महत्वपूर्ण रहेको नगर प्रमुख गाैतमकाे भनाइ छ । उहाँले योगको माध्यमबाट स्वस्थ जीवन प्राप्त हुनेमा विश्वस्त रहन सबैमा आग्रह गर्नुभयो ।

याेग शिविर जनकल्याण नमुना माध्यमिक विद्यालयकाे हलमा बिहान ४ बजेदेखि ६ बजेसम्म असार १८ गतेसम्म संचालन हुनेछ । याेग शिविरमा सबै उमेर समुहका सहभागी हुन सकिने प्रशिक्षक चुडामणि के.सीले बताउनुभयो ।

याेग शिविर असार १८ गतेसम्म संचालन हुनेछ । याेग शिविरकाे उद्घाटन कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, नगर प्रवक्ता दिपेश डि.सी, वडा नं. ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, पतंजलि याेग समिति सल्यानका प्रभारी प्रेम कुमार आचार्य, पतंजलि याेग समिति बागचाैरका प्रभारी चुडामणि के.सी, याेग प्रशिक्षक अमर भुषाल, निम बहादुर खड्का लगायत नगरवासीकाे उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस