सल्यानकाे बागचाैर नगरपालिका वडा नं. ७ काे शारदा भैंसी पालन कृषक समुहलाई १८ वटा उन्नत जातका भैंसी वितरण गरिएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र बागचाैर नगरपालिकाकाे आर्थिक वर्ष २०७९/८० काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार एक स्थानीय तह एक पशु वस्तु उत्पादन कार्यक्रम अन्तर्गत बागचाैर नगरपालिका वडा नं. ७ काे शारदा भैंसी पालन कृषक समूहका सदस्यहरुलाई १८ वटा उन्नत जातका भैंसी हस्तान्तरण गरिएको हाे ।
बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्दै दुधमा आत्मनिर्भर बनाउन किसानकाे आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातका भैंसी वितरण गरिएको बताउनुभयो ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयको रु. १५ लाख, नगरपालिकाको रु. ३ लाख र स्थानियको रु. ४ लाख ४० हजार गरेर रु. २२ लाख ५० हजारमा उन्नत जातका भैँसी वितरण गरिएको हाे ।
भैंसी वितरण कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, नगर प्रवक्ता दिपेश डि.सी, वडा नं. ७ का वडा अध्यक्ष प्रेम बहादुर डाँगी पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका डा. जयन्त महत, रमेश राज शर्मा, किसान लगायत वडा वासीहरुकाे उपस्थिति रहेकाे थियाे ।