२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

खरिबाेट, टाट्के, बाफुखाेला सडक कालाे पत्रे निर्माण कार्यकाे शिलान्यास

सल्यानकाे खरिबाेट, टाट्के हुँदै बाफुखाेला जाेड्ने सडक कालाे पत्रे निर्माण कार्यकाे शिलान्यास गरिएको छ ।

बुधबार बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले निर्माण कार्यकाे शिलान्यास गर्नुभएको हाे ।

बागचाैर नगरपालिकाकाे गाैरवकाे आयोजनाका रुपमा रहेकाे खरिबाेट, टाट्के, बाफुखाेला जाेडने सडक कालाे पत्रे निर्माणका लागि संघीय आयोजना कार्यनयन इकाई सुर्खेतकाे १८ कराेड बजेट रहेकाे छ । निर्माणकाे जिम्मा तिरुपाते निर्माण सेवा प्रा.लि घाेराहीले पाएकाे छ । निर्माण कार्य आगामी वर्ष २०८१ मङ्सिर सम्म सम्पन्न हुनेछ । निर्माण कार्यकाे शिलान्यास गर्दै नगर प्रमुख गाैतमले समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

प्रकाशित मिति : २०८० असार १३ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस