२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

अन्तर्राष्ट्रिय योग दिवसकाे अवसरमा बागचाैरमा र्‍याली

बागचाैर नगरपालिकामा शान्तिका लागि योग, मानवताका लागि योग भन्ने नारा सहित बागचाैर बजार परिक्रमा गर्दै र्‍याली निकालिएको छ ।

नबौँ अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर पतञ्जलि योग समिति बागचाैरकाे आयोजना तथा पतञ्जलि योग समिति सल्यानकाे समन्वयमा बागचाैरमा र्‍यालीकाे आयोजना गरिएको हो ।

चेतनामूलक विभिन्न नारा लेखिएका ब्यानर, प्लेकार्ड सहित बागचाैर बजार परिक्रमा गरिएको थियो । र्यालीमा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, नगर उप-प्रमुख सुम्निमा डि.सी वली, बालबालिकादेखि वृद्धसमेतकाे सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८० असार ६ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस