२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

शैक्षिक गुणस्तर सुधार सम्बन्धी वि.व्य.स अध्यक्ष, प्रधानाध्यापक र जनप्रतिनिधि बीच अन्तरक्रिया-४ महत्त्वपूर्ण निर्णय

सल्यानकाे बागचाैर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजनामा सामुदायिक विद्यालयहरुकाे शैक्षिक गुणस्तर सुधार तथा कक्षा थपघट (कक्षा १-५) सम्बन्धी विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र जनप्रतिनिधि बीच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

शुक्रबार जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेमा भएको अन्तरक्रिया कार्यक्रममा ४ वटा महत्त्वपूर्ण निर्णयहरु गरि कार्यान्वयन गर्ने प्रतिबद्धता अन्तरक्रिया कार्यक्रममा सहभागीले गरेका छन। जस अन्तर्गतका निर्णयहरु यस्ता छन ।


१) सामुयिक विद्यालयस्कको स्तरीय पठनपाठन गरी शैक्षिक स्तर सुधार गर्न बदलिँदो पाठ्‌यक्रम, नवीनतम शिक्षण सीप सम्बन्धी तालिमहरूको व्यवस्था तथा समयसमयमा विविध किसिमका शैक्षिक कार्यशालाको व्यवस्था गरिनुका साथै सम्बन्धित निकायबाट नियमित अनुगमन गर्ने ।
२) सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्नादर बढाउन तथा कक्षामा टिकाई राख्नका लागि स्तरीय शिक्षण क्रियाकलाप, विद्यार्थी केन्द्रित शिक्षण विधि, शिक्षक, अभिभावक सँग भेटघाट तथा छलफल अन्तरक्रिया सञ्चालन गरिनुका साथै बागचाैर नगरपालिकाका सम्पुर्ण शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, कर्मचारी तथा जनप्रतिनिहरु सबैले आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्ने ।
३) विद्यार्थी संख्या र शिक्षक संख्याको एकीन गरी आवश्यक कार्यविधि निर्माण गरी न्यायोचित किसिमले जहाँ विद्यार्थी त्यहाँ शिक्षकको निति अवलम्बन गर्ने ।
४) कक्षा थपघटका लागि भौतिक अवस्था, भौगोलिक दूरी र विद्यार्थी संख्याको आधारमा नीतिगत व्यवस्था गरी छलफलमा ल्याई उक्त निर्णय बागचाैर नगर शिक्षा समितिमा पेश गर्ने ।

बागचाैर नगरपालिकाका नगर प्रमुख तथा नगर शिक्षा समित संयोजक जनकराज गाैतमकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगर उप- प्रमुख सुम्निमा डि.सी वली, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, नगर प्रवक्ता दिपेश डि.सी, सामाजिक विकास समिति संयोजक सुशील जंग चन्द, सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षा शाखा प्रमुख, शिक्षा समितिका पदाधिकारी, शिक्षा परामर्श समितिका पदाधिकारी, नगर भित्रका (१-५) कक्षा सम्म संचालनमा रहेका ४३ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु बीच छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस