२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

सल्यानकाे थारमारेमा माटोको ढिस्कोमा पुरिएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु- खबर एक्सरे

सल्यानमा माटोको ढिस्कोले पुरिदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

जिल्लाको बागचौर नगरपालिका २, स्थित ठिनवाङ खोलामा तार जाली भर्न खाडल खनिरहेको अवस्थामा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर बागचौर नगरपालिका वडा नं. १, धारापानीका अन्दाजी १७ वर्षीय नवीन के.सी र सोही ठाउँका अन्दाजी २५ वर्षीय राजन बस्नेत घाइते पछि बागचौरस्थित जनप्रिय पोलिक्लिनिक प्रा.लि.मा उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाईएका नवीन के.सी.लाई दिउँसो ३:४५ मा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घाइते राजन बस्नेतको भने बागचौरमै उपचार भैरहेको छ ।

प्रकाशित मिति : २०८० बैशाख ३ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस