२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

थारमारे बजारमा कालाेपत्रे तथा नाली निर्माण गर्न- नगरपालिकाले हटायाे अव्यवस्थित संरचना

सल्यानकाे बागचाैर नगरपालिकाले पालिकाकाे प्रमुख व्यापारिक केन्द्र थारमारे बजार क्षेत्र भित्रका अस्थायी संरचनाहरु हटाएको छ ।

नगरपालिकाले बजार क्षेत्र भित्र पर्ने राप्ती राजमार्गकाे दायाँबायाँ, जनकल्याण नमुना माध्यमिक विद्यालयकाे प्रवेश द्वार सम्म र चाैरजहारी राेड सम्मकाे खाली ठाउँमा कालाेपत्रे तथा नाली निर्माणका लागि सडकमा अव्यवस्थित तरिकाले बनाएका संरचनाहरु हटाएको हाे । बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे निर्देशनमा अन्य जनप्रतिनिधि, थारमारे बजार व्यवस्थापन समिति, व्यापारी लगायतको सहयोगमा संरचनाहरु हटाइएको थियो ।

थारमारे बजारमा बागचाैर नगरपालिका र सडक डिभिजन कार्यालय दाङको समन्वयमा कालाे पत्रे तथा नाली निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस