२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

बागचाैर नगरपालिकामा २ दिने नि:शुल्क कान स्वास्थ्य शिविर संचालन-पहिलो दिन २२९ जनाले लिए सेवा

बागचाैर नगरपालिकामा २ दिने नि:शुल्क कान स्वास्थ्य शिविर संचालन आइतबार देखि सुरु भएको छ ।

बागचाैर नगपालिकाकाे आयाेजनामा नेपाल नेत्र ज्याेति संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपालकाे आर्थिक सहयाेग, बि.एन.(ब्रिटेन नेपाल) सामुदायिक कान उपचार सेवा गणेशमान चाेक र सिद्धार्थ अस्पताल नेपालगंज बाकेकाे प्राविधिक सहयाेगमा प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा नि:शुल्क कान स्वास्थ्य सेवा शिविर संचालन भएकाे हाे ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले शिविरकाे ब्यानर पढेर र विरामीहरुलाई OPD कार्ड वितरण गरेर उद्घाटन गर्नु भएकाे थियाे ।

शिविरकाे पहिलाे दिन आइतबार २३७ जनाले नाम दर्ता गरि १२९ जनाले सेवा लिएका छन । १८ जना विरामी अप्रेशनकाे लागि नेपालगन्ज रिफर भएका छन भने १२ जनालाई कान सुनुवाइको लागि नि:शुल्क श्रवण यन्त्र प्रदान गरिएको छ । नगर प्रमुख जनकराज गाैतम र नगर प्रवक्ता दिपेश डि.सीले विरामीहरुलाई श्रवण यन्त्र प्रदान गर्नु भएकाे थियाे । शिविर २ दिन सम्म संचालन हुने छ ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमकाे अध्यक्षतामा संचालन भएकाे उक्त कार्यक्रममा नगर उप-प्रमुख सुम्निमा डि.सि.वली, नगर प्रवक्ता तथा वडा न .२ का वडा अध्यक्ष दिपेश डि.सी. बि.एन. (ब्रिटेन नेपाल) सामुदायिक कान उपचार सेवाका वरिष्ठ कान स्वास्थ्य अधिकृत राम वहादुर वाेहरा , PHCC ईन्चार्ज हिमाल भण्डारी, नेपाल नेत्रज्योति संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशका परियाेजना व्यवस्थापक मान वहादुर कवर लगायतको सहभागीता रहेको थियाे ।

उक्त शिविरकाे उद्घाटन कार्यक्रकाे नेपाल नेत्र ज्याेति संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमका सामुदायिक संयाेजक भरत देवकाेटाले सहजीकरण गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र १९ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस