२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

बागचाैर नगरपालिका वडा नं.१,२,३ का महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल सेट वितरण

सन्जीव देवकोटा ।

चैत्र १७, सल्यान । बागचाैर नगरपालिका वडा नं. १,२,३ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मोबाइल सेट वितरण गरिएको छ ।

बागचाैर नगरपालिकाकाे आयोजनामा नगर प्रमुख जनकराज गाैतमकाे प्रमुख उपस्थितिमा मातृ तथा नवशिशु स्वास्थ्य सुधारका लागि मेडिक माेबाइल स्वास्थ्य कार्यक्रम अन्तर्गत ९ जना महिला स्वास्थ्य स्वयंसेविका हरुलाई माेबाइल सेट प्रदान गरिएको हाे ।

ग्रामीण भेगमा माेबाईल प्रविधिको प्रयाेगद्वारा सुरक्षित मातृत्वकाे सुचकहरुमा सुधार ल्याई आमा र बच्चाकाे मृत्युदर घटाउने, नियमित गर्भजाँच गर्ने महिलाहरुकाे संख्या बढाउन सहयोग गर्ने, संस्थागत सुत्केरी बढाउन सहयोग गर्ने, याेजना तथा निर्णय गर्नकाे लागि तत्काल तथ्यांक र सुचना उपलब्ध गराउने, स्वास्थ्यकर्मी, सेवाग्राही र याेजनाकारहरु बिच समन्वय अझै राम्रो बनाउन सहयोग गर्ने कार्यक्रमकाे उदेश्य रहेको छ ।

मोबाईल स्वास्थ्य कार्यक्रम मार्फत महिलाहरु गर्भवती भएदेखि सुत्केरी नहुन्जेलसम्म स्वास्थ्य सम्बन्धी अवस्था र स्वास्थ्य समस्या समाधान गर्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वांयसेविकाले मोबाइमार्फत जानकारी गराउनेछन् ।

उक्त कार्यक्रम बाेल्दै नगर प्रमुख जनकराज गाैतमले मोबाईल कार्यक्रम मार्फत गर्भवती तथा सुत्केरी महिलाहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी दिन सहज हुने र नियमित रुपमा जाँच गर्न सघाउ पुर्‍याउने भएकाले पनि यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

बागचाैर नगरपालिकाका नगर प्रवक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र थारमारेका व्यवस्थापन समिति अध्यक्ष दिपेश डि.सीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी वली, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, वडा नं. ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, कार्यपालिका सदस्य राेजी बढाथाेकी, नगर स्वास्थ्य शाखा प्रमुख हरि कठायत, जिन्सी शाखा प्रमुख विशाल वली, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायत नगरवासीकाे उपस्थिति रहेको थियो ।कार्यक्रमकाे सहजीकरण प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख हिमाल भण्डारीले गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०७९ चैत्र १७ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस