२०८३ जेष्ठ १ गते शुक्रवार | 2026 May 15th Friday

बागचाैर नगरपालिकामा पहलाेपटक नि:शुल्क ग्रामिण अल्ट्रासाउन्ड सेवा सुरु

सन्जीव देवकोटा ।

चैत्र १७ सल्यान । बागचाैर नगरपालिकामा पहिलोपटक नि:शुल्क ग्रामिण अल्ट्रासाउन्ड सेवाकाे सुरुवात भएको छ । शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा एक कार्यक्रमका बिच नगर प्रमुख जनकराज गाैतमले सेवाकाे उद्घाटन गर्नुभएको हाे ।

बागचाैर नगरपालिका भित्र गर्भवती महिलाहरुले अबदेखि विभिन्न प्रसुति केन्द्र बाट अल्ट्रासाउन्ड सेवा लिन पाउने भएका छन । सेवा लिनका लागि जिल्ला अस्पताल सम्म जानुपर्ने बाध्यता अब अन्त्य हुनेभएको छ ।

मातृ तथा नवशिशु मृत्युदर घटाउन, गर्ववति जाँचबाट पहिचान हुन नसकेका स्वास्थ्य समस्याहरु पता लगाउन, खतराका चिन्ह पहिचान गरि समयमै सुविधायुक्त स्वास्थ्य संस्थामा पठाउन सेवा प्रभावकारी हुने बताइएको छ ।

उद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतमले अल्ट्रासाउन्ड सेवाका लागि जिल्ला अस्पताल सम्म पुग्नुपर्ने बाध्यताकाे अब अनत्य भएको बताउनुभयो । कार्यक्रम प्रभावकारी हुने अपेक्षा सहित सहज रुपमा सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरलाई अनुरोध गर्नुभयो । उहाँले नगरपालिकामा अब चाँडै नगर अस्पतालकाे शिलान्यास समेत हुने जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य तथा अल्ट्रासाउन्ड सेवाका बारेमा जानकारी प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत नर्स शान्ति भण्डारीले राख्नुभएको थियाे ।

बागचाैर नगरपालिकाका नगर प्रवक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष दिपेश डि.सीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी वली, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, वडा नं. ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, कार्यपालिका सदस्य राेजी बढाथाेकी, नगर स्वास्थ्य शाखा प्रमुख हरि कठायत, जिन्सी शाखा प्रमुख विशाल वली, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायत नगरवासीहरुकाे उपस्थिति रहेको थियो ।कार्यक्रमकाे सहजीकरण प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख हिमाल भण्डारीले गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०७९ चैत्र १७ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस