सल्यानकाे बागचौर नगरपालिका वडा नं.२ खरिबोटमा संचालनमा रहेको प्राथमिक आँखा तथा कान उपचार केन्द्रको पहिलो वार्षिसोत्सव कार्यक्रम एक समारोहका विच सम्पन्न भएको छ ।
बागचौर नगरपालिका र नेपाल नेत्र ज्योति संग, एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको साझेदारिमा संचालित उपचार केन्द्रको वार्षिसोत्सव कार्यक्रमको उद्घाटन बागचौर नगरपालिकाका नगर प्रमुख तथा प्राथमिक आँखा तथा कान उपचार केन्द्र संचालक समितिका संयोजक जनकराज गौतमले पानसमा बत्ति बालेर गर्नु भएको थियो ।
प्राथमिक आँखा तथा कान उपचार केन्द्रका ब्यबस्थापक भरत देवकोटाले १ बर्ष भित्र उपचार केन्द्रले गरेको प्रगति बिबरण प्रस्तुत गर्नु भएको थियो । जस मध्ये एक बर्षको अवधिमा २,२७७ जनाले आँखा तथा कानको उपचारको सेवा पाएको , नगरपालिका भित्र आँखाको शिबिर संचालन गरेको , मोतिबिन्दुका बिरामिहरुलाई राप्ती आँखा अस्पताल दाङ्गमा रिफर गरेको र चस्मा सेवा समेत एक बर्षको अवधिमा संचालन गरेको प्रगती बिबरणमा उल्लेख गरिएको थियो ।
कार्यक्रममा बाेल्दै नगर प्रमुख जनकराज गाैतमले उपचारका लागि दाङ सम्म पुग्नुपर्ने बाध्यता हटेको बताउनुभयाे । नगरपालिकाले संस्थाकाे स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्दै आयको बताउनुभयो । उहाँले उपचार केन्द्रमा चस्मा सेवाकाे विस्तार, विभिन्न समयमा आँखा सम्बन्धी शिविर संचालन गरेको, कानका बिरामीलाई मध्यनजर गरेर सिविरकाे आयोजना गरेकाे, अब चाँडै महिला सम्बन्धि स्वास्थ्य सिविर संचालन गरिने र उपचार केन्द्रकाे स्तराेन्नतीका लागि प्रतिबद्ध रहेकाे बताउनुभयो ।
कार्यक्रममा बाेल्दै नगर उप-प्रमुख सुम्निमा डि.सी वलीले उपचार केन्द्रले बागचाैर नगरपालिका मात्र नभई अन्य छिमेकी पालिकाहरुका नागरिकलाई पनि सेवा दिएको बताउनुभयो ।नगरपालिकामा विभिन्न समयमा स्वास्थ्य सम्बन्धि शिविर संचालन गरेकाे बताउदै समग्र विकासका लागि जनताले दिएको जिम्मेवारी पूरा गर्नका लागि आफूहरु लागि परिरहेकाे उहाँको भनाइ थियोे ।
कार्यक्रममा बाेल्दै निवर्तमान नगर प्रमुख लाेकमान बुढाथोकीले अघिल्लो सरकारले थालनी गरेका कामलाई अहिलेकाे सरकारले निरन्तरता दिईएकाेमा खुसी लागेको बताउदै धन्यवाद व्यक्त गर्नुभयो । अहिलेकाे सरकारले सुरुवाती चरणमा राम्रो काम गरिरहेकाे उहाँको भनाइ थियाे।
कार्यक्रममा बाेल्दै प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतमले करिब २३०० उपचार केन्द्र बाट सेवा लिएको सुन्दा खुसी लागेको बताउनुभयो । सेवा लिनका लागि जिल्ला बाहिर सम्म जानुपर्ने र धेरै रकम खर्च हुने अवस्था नरहेको बताउदै उपचार केन्द्र बाट सेवाहरुलाई सुदृढ गर्दै अझै गुणस्तरीय सेवा बिस्तार गर्दै लजानुपर्नेमा जाेड दिनुभयो ।
कार्यक्रमा नगर प्रमुख जनक राज गौतम,नगर उप-प्रमुख सुम्निमा डि.सी.वलि,निबर्तमान नगर प्रमुख लोकमान वुढाथोकि,प्रमुख प्रशासकिय अधिकृत अन्नत कुमार गौतमले शुभकामना मन्तव्य राख्नु भएको थियो भने स्वागत मनतव्य उपचार केन्द्र संचालक समितिका सदस्य खुम बहादुर डि.सि.ले गर्नु भएको थियो ।
बागचौर नगरपालिकाका पूर्ण वहादुर वलीले संचालन गरेको उक्त कार्यक्रममा नगर प्रमुख जनक राज गौतम, नगर उप- प्रमुख सुम्निमा डि.सी., निवर्तमान नगर प्रमुख लोकमान बुढाथोकि, प्रमुख प्रसासकिय अधिकृत अनन्त कुमार गौतम, वडा न. २ का वडा अध्यक्ष दिपेश डि.सी. वडा नं. ४ का वडा अध्यक्ष कृष्ण बहादुर बस्नेत, वडा नं. ६ का वडा अध्यक्ष ज्ञान बहादुर वली, वडा नं. ७ का वडा अध्यक्ष प्रेम बहादुर डि.सि. तथा कार्यपालिका सदस्य रेशम बि.क. वडा सदस्य तगाएत बागचौर नगरपालिकामा कार्यरत बिभिन्न शाखाका शाखा प्रमुख लगायत वडावासीहरुकाे उपस्थिति रहेको थियो ।