२०८३ बैशाख १० गते बिहिवार | 2026 April 23rd Thursday

बागचाैरमा नगरपालिका२ मा सिचाइ याेजनाकाे शिलान्यास-करिब ३,४०० किसानलाई दिदैछ खुसी

सल्यानकाे बागचाैर नगरपालिका वडा नं.२ मा फारुला, तिवाचाैर, पाँचगैरे, सिचाइ याेजनाकाे शिलान्यास गरिएको छ ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले उक्त याेजनाकाे मंगलबार एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हाे ।

बागचाैर नगरपालिकाकाे (२,५९,३४४) दुई लाख उनानसाठी हजार तीन सय चाैवालीस, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम देस्रो चरण (NCCSP2) काे (५८,८०,६२६) अन्ठाउन्न लाख असी हजार छसय छब्बीस रुपैयाँ, जनश्रमदान (११,१८,४४२) एघार लाख अठार हजार चार सय बयालीस रुपैयाँ गरि कुल (७२,५८,४१२) बहत्तर लाख अनठाउन्न हजार चार सय बाह्र रुपैयाँ लागतमा हुने उक्त याेजना बाट करिब (३,४००) तीन हजार चार सय जना कृषक प्रत्यक्ष लाभान्वित हुनेछन् ।

कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख जनकराज गाैतमले किसानहरुलाई याे याेजना बाट धेरै राहत पुग्ने बताउनुभयो । उहाँले याेजना समयमै सम्पन्न गर्न निर्माण समितिलाई निर्देशन दिनुभयो ।

आगामी असार १५ गते सम्म याेजना सम्पन्न गर्ने गरि काम भईरहेकाे निर्माण समितिका अध्यक्ष दिपक डि.सीले बताउनुभयो ।

उक्त शिलान्यास कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, नगर प्रबक्ता दिपेश डि.सी, कार्यपालिका सदस्य रेशम बि.क, वडा सदस्य माेहन डाँगी, प्राविधिक खकेन्द्र वली, निर्माण समितिका पदाधिकारी, स्थानीय, लगायत वडावासीहरुकाे सहभागीता रहेको थियाे ।

प्रकाशित मिति : २०७९ चैत्र १४ गते मङ्गलवार
प्रतिक्रिया लेख्नुहोस