सल्यानको बागचौर नगरपालिकामा दृष्टि सम्बन्धि अपांगता तथा न्यून दृष्टि भएका ब्यक्तिहरुलाई ५ दिने सरफ निर्माण सिप विकास तालिम प्रदान गरिएको छ।
नेपाल नेत्र ज्योति संघ, एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको आर्थिक तथा प्राबिधिक सहयोग र बागचौर नगरपालिकाको समन्वयमा बागचौर नगरपालिका २ खरिबोटमा दृष्टि सम्बन्धि अपांगता तथा न्यून दृष्टि भएका ५ जनालाई तालिम प्रदान गरिएको हो ।
चैत्र ६ देखि १० गते सम्म चलेका ५ दिने सरफ निर्माण सिप विकास तालिममा सहभागिहरुले सरफ निर्माण सम्बन्धी ज्ञान प्राप्त गरेका छन । तालिम पश्चात भएको समापन कार्यक्रमका सभाध्यक्ष तथा नगर प्रमुख जनकराज गौतमले व्यवसाय संचालन गर्ने व्यक्तिले योजना पेश गरेमा नगरपालिकाले आर्थिक सहयोग समेत गर्ने बताएका छन।
त्यस्तै नगर उप प्रमुख सुम्नीमा डिसी वलीले नेपाल नेत्र ज्योति संघले दृष्टि सम्बन्धि अपांगता भएका व्यक्तिहरुले तालिम सम्पन्न गरि सिप सिकेकोले जति बेला पनि सिप सिकेका व्यक्तिहरुलाइ व्यवसायिक बनाउनमा आफु पछि नहट्ने बताइन ।
कार्यक्रममा नगरका प्रवक्ता दिपेश डिसीले सहभागिहरुलाई सरफ निर्माण गर्दा प्याकेजिंगमा समस्या उत्पन्न भयो भने औजार समेत सहयोग गरिने बताए ।
तालिमका सहभागिहरुले अगामी दिनहरुमा नगरपालिकाले आर्थिक सहयोग तथा औजारहरु सहयोग गरेमा आफुले व्यवसायिकरुपमा सरफ निर्माण गरि आयआर्जनमा सुधार गर्ने बताएका थिए ।
र्कायक्रममा ११ नं का वडा अध्यक्ष केश वहादुर भण्डारी ,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका शाखा प्रमुख रिता वली, उद्योग विकाश शाखा शाखा प्रमुख शोभा राम खड्का, नगर प्रेश संयोजक संजिव देवकोटा, नेपाल नेत्र ज्योति संघ, EEHP कार्यक्रम कर्णालि प्रदेश नेपालका अपांगता समावेशि अधिकृत सृजना नेपाली तथा अन्य सहभागिहरुको उपस्थिति रहेको थियो ।
समापन कार्यक्रमको संचालन नेपाल नेत्र ज्योति संघ, एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम बागचौर सामुदायिक संयोजक भरत देवकोटाले गरेका थिए ।