२०८३ बैशाख १० गते बिहिवार | 2026 April 23rd Thursday

बागचाैर नगरपालिका वडा नं. ९ मा २६ जना उद्यमीलाई बाख्रा वितरण।

सल्यानकाे बागचाैर नगरपालिका वडा नं. ९ मा २६ जना उद्यमीलाई बाख्रा वितरण गरिएको छ ।                                   

बागचाैर नगरपालिकाकाे आयोजनामा नगर प्रमुख जनकराज गाैतमकाे प्रमुख उपस्थितिमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे आर्थिक तथा प्राबिधिक सहयोगमा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडाका २६ जना उद्यमीलाई बाख्रा वितरण गरिएको हाे ।

 

गत वर्ष वडा नं. ९ मा संचालन गरेकाे मखलाम लघु उद्यमी समुह र जनक पहिचान लघु उद्यमी समुहका २६ जना उद्यमीलाई बाख्रा वितरण गरिएको हाे ।

गाउँमा रहेका महिला, राेजगार गुमाएका, स्वदेशमै बसी केही गर्न चाहने युवाहरु, दलित, जनजाति तथा पिछडिएका वर्गहरुलाई समावेश गरि स्वदेशमै राेजगारीकाे अवसर सिर्जना गर्ने यस कार्यक्रमकाे लक्ष्य उदेश्य रहेको छ ।

व्यवसाय बृद्धि र विस्तारका लागि वडाका २ समुहका २६ जना लघु उद्यमीहरुलाई बाख्रा वितरण गरिएको हाे ।

लघु उद्यमीहरूको हौसला बढाएर उनीहरूको आर्थिक स्थिति बदल्न नगरपालिकाका अन्य वडाहरु पनि यस्ता किसिमका कार्यक्रमहरु संचालन भइरहेका छन।

बागचाैर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष यज्ञ बहादुर डाँगीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथी नगर उप-प्रमुख सुम्निमा डि.सी वली, वडा सदस्य कमल डाँगी, वडा सचिव डम्बर बि.क नगरपालिका उद्योग विकास शाखाका साेभाराम खड्का, निर्मला बस्नेत लगायत वडावासीहरुकाे उपस्थिति रहेकाे थियो ।

 

 

प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस