सल्यानकाे बागचाैर नगरपालिका नगर कार्यपालिकाकाे १० औं नगर सभा सम्पन्न भएको छ ।
साेमबार बागचाैर नगरपालिकाको १० औं नगर सभाले केही प्रस्तावहरुमा छलफल गरि कार्यविधिहरु पारित गरेको छ ।
सभाले बजेट रकमान्तर तथा शिर्षकान्तर सम्बन्धमा, बागचौर नगरपालिकाको नगर प्रहरी विधेयक २०७९ सम्बन्धमा, कक्षा ८ को आधारभूत तह उतिर्ण परिक्षा कार्यविधि २०७९ सम्बन्धमा, नगर प्रवक्ता सम्बन्धि कार्यविधि २०७९ सम्बन्धमा, वडा कार्यालयको केन्द्र निर्धारण सम्बन्धमा, र अन्य विविध विषय सम्बन्धमा छलफल प्रस्चात कार्यविधिहरु पारित गरेको हो ।
बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तवय बागचाैर नगरपालिकाका उप-प्रमुख सुम्निमा डि. सी. वलीले राख्नुभएको थियो ।
कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, उपप्रमुख सुम्निमा डि.सी. वली, बागचाैर नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, बागचाैर नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु, पत्रकारहरु, सुरक्षाकर्मीहरु लगायतको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको संचालन बागचाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतमले गर्नुभएको थियो ।