२०८१ असार २ गते शनिवार | 2024 June 15th Saturday

सल्यान हिरासत भित्र एक व्यक्तिले बिलेडले घाटी काटेर आत्माहत्याको प्रयास गरे

जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत भित्र एक व्यक्तिले आत्माहत्याको प्रयास गरेका छन । जवरजस्ती हाडनाता करणीमा पक्राउ परेका बनगाड कुपिण्डे नगरपालिका १२ का एक ३४ बर्षिय व्यक्तिले हिरासत भित्रै बिलेडले घाटी काटेर आत्माहत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

आईबार बिहान ८ः३० बजे डिउटीमा खटिएका प्रहरीलाई आँखा छलेर बलाङकेट ओढेर ओछ्यान भित्र बिलेटले घाटी काटेर आत्माहत्याको प्रयास गरेको प्रहरी निरिक्षक सन्तोष खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त व्यक्ति बिहान अवेर सम्म सुतेको र नास्ता खान उठाउन खोज्दा ओछ्यान बाट रगत बगिरहेको देखेपछि हिरासत बाट निकालेर तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको हो । घाटीमा बिलेडले धेरै काटिएकाले जिल्ला अस्पताल सल्यानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा रिफर गरिएको प्रहरी निरिक्षक खनालले बताउनु भयो । उनि गएको २५ गते जवरजस्ती हाडनाता करणीमा पक्राउ परेका थिए । उनलाई ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी र्काालयको हिरासतमा राखिएको थियो ।

उनि सँग बिलेड कसरी र कहाँ बाट आयो भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस