नेपाल विद्यार्थी संघ बागचौरले स्ववियु निर्वाचनका लागि जिल्लामा गरिएको गठबन्धन मान्ने नभएको भन्दै एकल निर्वाचनमा जाने भनी विज्ञप्ति निकालेको छ ।
विज्ञप्तिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सम्वन्धमा सल्यान जिल्लाका विभिन्न क्याम्पसहरूमा नेपाल विद्यार्थी संघलाई अवग्या गरि जिल्लामा रातारात भएको सहमति प्रति ने.वि.संघले आपत्ति व्यक्त गरेको छ ।
साथै जनकल्यान क्याम्पसको हकमा ने.वि.संघ बलियो हुँदा हुँदै पनि एक पटक कसैलाई पनि नसोधी सहमति गर्दा उचित सहमति नभएको र उचित मुल्याङकन पनि नभएका बताउँदै स्ववियु निर्वाचनका लागि भएको जिल्ला स्तरिय सहमतिलाई स्वीकार्न नसिने जानकारी गराउदै ने.वि संघ बागचौर चुनाव प्रक्रियामा एकल जाने समेत जनाएको छ ।
साथै ने.वि.संघ जनकल्याण इकाई कार्यसमिती उप-सभापति फलेन्द्र पुरीको हस्ताक्षरित विज्ञप्तिमा सम्पूर्ण नेपाल विद्यार्थी संघमा आस्थावान विद्यार्थीलाई निर्वाचनको तयारीमा लाग्न समेत अनुरोध गरिएको छ ।