सल्यानकाे बागचाैर नगरपालिका वडा नं. ७ का ११ जना उद्यमीलाई बाख्रा वितरण गरिएको छ ।
बागचाैर नगरपालिकाकाे आयोजनामा नगर प्रमुख जनकराज गाैतमकाे प्रमुख उपस्थितिमा वडा नं. ७ मा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे आर्थिक तथा प्राबिधिक सहयोगमा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडाका ११ जना उद्यमीलाई बाख्रा वितरण गरिएको हाे ।
गत वर्ष वडा नं. ७ मा संचालन गरेकाे लघु उदम विकास कार्यक्रमका संघर्षशिल लघु उद्यमी समुह र नमुना उद्यमशिल लघुउद्यमी समूहका ११ जना उद्यमीलाई बाख्रा वितरण गरिएको हाे ।
गाउँमा रहेका महिला, राेजगार गुमाएका, स्वदेशमै बसी केही गर्न चाहने युवाहरु, दलित, जनजाति तथा पिछडिएका वर्गहरुलाई समावेश गरि स्वदेशमै राेजगारीकाे अवसर सिर्जना गर्ने यस कार्यक्रमकाे लक्ष्य उदेश्य रहेको छ ।
व्यवसाय बृद्धि र विस्तारका लागि वडाका २ समुहका ११ जना लघु उद्यमीहरुलाई बाख्रा वितरण गरिएको हाे ।
लघु उद्यमीहरूको हौसला बढाएर उनीहरूको आर्थिक स्थिति बदल्न नगरपालिकाका अन्य वडाहरु पनि यस्ता किसिमका कार्यक्रमहरु संचालन भइरहेका छन।
बागचाैर नगरपालिका वडा नं. ७ का कार्यवाहक वडा अध्यक्ष डिल्ली बहादुर वलीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथी नगर उप-प्रमुख सुम्निमा डि.सी वली, नगर प्रवक्ता दिपेश डि.सी, कार्यपालिका सदस्य रेशम बि.क, कार्यक्रमका फोकल पर्सन विशाल वली, नगरपालिका उद्योग विकास शाखाका साेभाराम खड्का, निर्मला बस्नेत लगायत वडावासीहरुकाे उपस्थिति रहेकाे थियो ।