२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

सल्यान जिल्ला स्तरिय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न-शिल्ड ‌‌छत्रेश्वरीलाई

फागुन १८, सल्यान ।
सल्यानको जिल्ला स्तरिय रास्ट्रपति रनिङ शिल्डको उपाधि छत्रेस्वरी गाउँपालिकाले जितेको छ ।
प्रतियोगितामा १० स्वर्ण, १५ रजत २ कास्य पदक गरेर जम्मा २७ वटा पदक जितेर छत्रेश्वरी गाउँपालिकाले प्रथम स्थान हासिल गरको छ ।
त्यस्तै ८ स्वर्ण, ४ रजत र ३ कास्य गरेर जम्मा १५ पदक जित्दै बागचाैर नगरपालिका दोस्रो भएको छ ।
यस्तै ७ स्वर्ण,६ रजत र ६ कास्य पदक सहित जम्मा १९ पदक जितेर कुमाख गाउँपालिका तेस्रो भएको छ ।
यस्तै ६ स्वर्ण, ४ रजत १० कास्य सहित जम्मा २० वटा पदक गरेर शारदा नगरपालिका सान्त्वना भएको छ ।
फागुन १५ गते देखि १८ गते सम्म जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेमा संचालन भएको प्रतियोगितामा जिल्लाका १० वटै पालिकाका छात्र र छात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गतका खेल, मार्सलआर्टका खेलहरुमा खेलाडीहरुले सहभागीता जनाएका थिए ।
प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस