२०८१ चैत्र २७ गते बिहिवार | 2025 April 10th Thursday

१३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सल्यानकाे बागचाैरमा शुरु

सल्यानमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । साेमबार बागचाैरकाे जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेमा ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो ।                    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि पुर्वसभामुख कृष्ण बहादुर महराले गर्नुभएको थियो ।बिहीबारसम्म संचालन हुने प्रतियोगितामा जिल्लाका दश वटा पालिका बाट खेलाडीहरु सहभागी भएका छन् । प्रतियोगितामा बिभिन्न विधाका गरेर करिब ५ सय बढी खेलाडीले सहभागिता जनाएका छन् ।                                                                  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै पुर्वसभामुख कृष्ण बहादुर महराले देशको विकास र समृद्धिको लागि स्वस्थ जनशक्ति आवश्यक रहेको बताउनुभयो। उहाँले बिकास, समृद्धि, सुशासन र पारदर्शिता लोकतन्त्रका आधारस्तम्भ भएकाले देशको लागि स्वस्थ जनशक्ति आवश्यक रहेको बताउनुभएको हो । ‘खेल खेल्नु आफैमा गौरवको कुरा हो, यसले ब्यक्तिको शरीरलाई स्वस्थ्य राख्नुका साथै राम्रो खेल खेल्दा राष्ट्रको पनि गौरव बढ्ने भएकाले खेललाई निरन्तरता दिनु आवश्यक छ’ उहाँले भन्नुभयो ‘खेलमा स्वच्छ प्रतिस्पर्धा आवश्यक छ, मर्यादित भएर खेल खेल्न सबै खेलाडीमा आग्रह गर्दछु ।’                                      कार्यक्रममा बाेल्दै प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले खेललाई मनोरञ्जनका लागी मात्रै नभएर आफ्नो स्वास्थ्य र राष्ट्रको गौरवका रुपमा लिनुपर्ने बताउनुभएको छ । अध्ययनबिना खेलक्षेत्रमा अघि बढ्न विद्यार्थीलाई गाह्रो हुने भएकाले अनुशासन, लगनशील र मेहनतका साथ खेलखेल्न खेलाडीमा उहाँले आग्रह गर्नुभएको छ । उहाँले शिक्षा क्षेत्रमा देखिएका विकृति हटाउनको लागी शिक्षा ऐन संशोधनको तयारी समेत रहेकाले यसले विद्यार्थी र शिक्षाक्षेत्रलाई राहत मिल्ने बताउनुभयो ।                                                                                      कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सरकारका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले खेलाडीको प्रोत्साहन र खेल क्षेत्रको बिकासका लागि खेलकुदमा लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ ।                                                      सल्यान प्रदेशसभा ख बाट निर्वाचित प्रदेशसभा सदस्य सुरेश अधिकारीले खेलकुदले विद्यार्थीको प्रतिभालाई निखारपन दिने भएकाले खेललाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।            कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावल, शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारी, बन्गाड कुपिन्डे नगरपालिका प्रमुख कर्ण बहादुर बुढाथोकी, बागचौर नगरपालिका प्रमुख जनकराज गौतम, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, छत्रेश्वरी गाउपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी, त्रिबेणी गाउपालिका अध्यक्ष खिम बहादुर रावत, बागचौर नगरपालिका उपप्रमुख सुम्निमा ओली डिसी, सिद्ध कुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेतले बोल्नु भएको थियो ।  यस्तै नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुरेश चन्द, एमालेका प्रदेश कमिटी सदस्य महेश देवकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति प्रकाश नेपाली, राप्रपाका केन्द्रिय सदस्य अमर गिरी, नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष भोला केसी, नेकपाका जिल्ला इन्चार्ज भिम सि, जिल्ला खेलकुद बिकास समितीका पुर्वअध्यक्षद्वय जयराम सिंह र सुशील शाह, बागचौर –२ का वडाअध्यक्ष दिपेश डिसी, जनकल्याण नमुना माध्यमिक बिद्यालय थारमारेका प्रधानाध्यापक डा. पुर्ण भण्डारी पंकज लगाएतले बोल्नु भएको हो । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष खड्ग आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सचिब तुफान वलीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन कार्यालय प्रमुख शिबराज अधिकारीले गर्नुभएको थियो ।                                             

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस