२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

प्राथमिक आँखा तथा कान उपचार केन्द्र खरिबाेटमा चस्मा सेवा सुरु

बागचाैर नगरपालिका वडा नं. २ खरिबाेटमा संचालित प्राथमिक आँखा तथा कान उपचार केन्द्रमा चस्मा सेवा सुरु भएको छ ।     

आइतबार बागचौर नगरपालिकाकाे आर्थिक सहयोगमा चस्मा सेवाकाे उद्घाटन नगर प्रमुख तथा प्राथमिक आँखा तथा कान उपचार केन्द्रका संचालक समितीका संयोजक जनकराज गौतमले गर्नुभएको हाे ।                                                       

उद्घाटन कार्यक्रममा बाेल्दै नगर प्रमुख जनकराज गाैतमले आँखा सम्बन्धि समस्या भएका बिरामीकाे सहजताका लागि पालिकाकाे आर्थिक सहयाेगमा चस्मा सेवाकाे सुरुवात गरिएको बताउनुभयो । आँखा सम्बन्धि बिरामीहरु चस्माका लागि जिल्ला बाहिर सम्म जानुपर्ने समस्या अब अन्त्य हुने उहाँको भनाइ छ । नगरपालिकाले केही महिना अगाडि आँखा सम्बन्धि शिविर संचालन गरेकाे र धेरै बिरामीले लाभाम्वित भएको बताउदै अब चाडै कान सम्बन्धि बिरामीहरुका लागि नगरपालिकामा शिविरको आयोजना गरिने बताउनुभयो ।                                             

बागचाैर नगरपालिकाका नगर प्रमुख तथा प्राथमिक आँखा तथा कान उपचार केन्द्रका संचालक समितीका संयोजक जनकराज गाैतम अध्यक्षतामा भएको उक्त उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा उपचार केन्द्रका सदस्य सचिव अनन्त कुमार गाैतम, नगर प्रवक्ता तथा उपचार केन्द्रका सदस्य दिपेश डि.सी, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा उपचार केन्द्रका सदस्य हरि कठायत, नगरपालिकाका लेखापाल तथा उपचार केन्द्रका सदस्य प्रदिप डि.सी, उपचार केन्द्रका कर्मचारी, पत्रकार लगायत वडावासीहरुकाे सहभागीता रहेको थियो ।                               

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया लेख्नुहोस