सल्यानकाे बागचाैर नगरपालिकामा कलस्टर केन्द्र स्तरीय अन्तर विद्यालय शिक्षण सुरु गरिएको छ । बागचाैर नगरपालिका शैक्षिक परामर्श समितिकाे पहलमा शिक्षण पद्धतिलाई नविनतम विकास गरिएका शिक्षण पद्धतिमा रुपान्तरण गर्न कार्यक्रम संचालन गरिएको बताइएको छ ।
बिहिवार जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेमा विषय विज्ञद्वारा दिइएको नमुना कक्षा प्रस्तुतीकरणकाे बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम सहित नगरपालिकाकाे टिमले अवलोकन गरेको थियो ।
नेपाली विषय विज्ञ तुलसीराम बस्नेतकाे प्रस्तुतिकरणमा कलस्टर केन्द्र जनकल्याण नमुना माध्यमिक विद्यालयमा कक्षा १ देखि ८ सम्म संचालित विद्यालयहरु सरस्वति आधारभूत विद्यालय भाटविटे, न्यायघाट आधारभूत विद्यालय काेटबेत, सरस्वती आधारभूत विद्यालय ठिनबाङ तथा कक्षा १० सम्म संचालित माध्यमिक विद्यालय लस्तम बनेचाैर, अमर ज्योति माध्यमिक विद्यालय चाैरपानि र जनकल्याण माध्यमिक विद्यालय थारमारेका नेपाली विषय शिक्षककाे उपस्थितिमा नमुना कक्षा अवलाेकन तथा छलफल कार्यक्रम गरिएको थियो।
शिक्षकहरुकाे शिक्षण सिपलाइ एक अर्कामा हस्तान्तरण गरि शिक्षण मा देखिएका समस्याकाे न्यूनीकरण गर्ने । कलस्टरकाे माध्यम बाट विषयगत शिक्षकहरूलाई शिक्षण सीप सिकाउने थलाेकाे रुपमा विकास गर्ने तथा विषयगत रुपमा रहेका कठिन विषयवस्तुहरुकाे ज्ञानमा अभिबृद्धि गर्ने । शिक्षकमा रहेकाे पुरानाे शिक्षण पद्धतिलाई नविनतम विकास गरिएका शिक्षण पद्धतिमा रुपान्तरण गर्ने । यस कार्यक्रमकाे मुख्य उदेश्य रहेको बागचाैर नगरपालिका शैक्षिक परामर्श समिति संयोजक हिरालाल न्युपानेले बताउनुभयो ।
याे कार्यक्रम २०७९ फागुण ८ गते विज्ञान विषय सरस्वति माध्यमिक विद्यालय पेदिखाेलामा विषय विज्ञ चुडामणि के.सी, ११ गते अंग्रेजि विषय विज्ञ दुर्गा सरस्वती माध्यमिक विद्यालय देउपुरि डाँडामा विषय विज्ञ माेतिराम बस्नेत, १४ गते गणित विषय विज्ञ बालकन्या माध्यमिक विद्यालय काेटबारामा रुपलाल भण्डारी, १५ गते सामाजिक विषय कालिका माध्यमिक विद्यालय काेटमाैलामा विषयविज्ञ पवित्र लाल बस्नेतले प्रस्तुतिकरणमा गर्ने बताएको छ ।
उक्त अवलोकन तथा छलफल कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, नगर प्रवक्ता दिपेश डि.सी, शिक्षा शाखा प्रमुख चित्रा बस्नेत, बागचाैर नगर शैक्षिक परामर्श समिति संयोजक हिरालाल न्युपाने, नगर शिक्षा समिति सदस्य चुडामणि के.सी, जनकल्याण नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. पुर्ण भण्डारी पंकज लगायतको उपस्थिति रहेको थियो ।