बागचाैर नगरपालिका वडा नं. २ काे चाैथाे वडा कप खेलकुद प्रतियोगिता साेमवार देखि खरिबाेटमा सुरु भएको छ ।
कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले ब्यानर पढेर तथा दीप प्रज्वलन गरेर गर्नुभएको थियाे ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख गौतमले वडा कप खेलकूद प्रतियोगिताले खेल क्षेत्रको विकास गर्न, लुकेर रहेका खेलहरु तथा खेलाडीहरुलाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलाडीहरुले अनुशासित भएर खेलमा सहभागिता जनाउन आग्रह गर्दै खेलकुदका माध्यमबाट वडा, नगर हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने गरी खेल खेल्न खेलाडीहरुमा अनुरोध समेत गर्नुभयो । नगरपालिका खेल क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि सधैं तत्पर रहेको उहाँको भनाई रहेको छ ।
वडा नं. २ का वडा अध्यक्ष दिपेश डि.सीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम बिशिस्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी वली, निवर्तमान नगर प्रमुख लाेकमान बुढाथोकी, नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सहमहामन्त्री एकराज डाँगी, नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजबादी)का केन्द्रीय परिषद सदस्य ज्ञानेश्वर के.सी, वडा नं. १ का वडा अध्यक्ष गंगाराम बस्नेत, वडा नं. ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, वडा नं. ४ का वडा अध्यक्ष कृष्ण बस्नेत, वडा नं. ९ का वडा अध्यक्ष यज्ञ बहादुर डाँगी, वडा नं. १० का वडा अध्यक्ष ज्ञान प्रसाद शर्मा धिताल, वडा नं.११ का वडा अध्यक्ष केश बहादुर भण्डारी, वडा नं. १२ का वडा अध्यक्ष टीकाराम वली, कार्यपालिका सदस्य रेशम बि.क, ढाका कुमारी वली डि.सी, राेजी बुढाथोकी, वडा सदस्य, सुरक्षाकर्मी, विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी लगाएत वडावासीहरुकाे सहभागीता रहेको थियो ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य राेजी बुढाथोकीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमकाे सहजीकरण रेशम डि.सीले गर्नुभएको थियो । फाल्गुन १ गते देखि सुरु भएको वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता फाल्गुन ३ गतेसम्म संचालन हुनेछ ।