सल्यानको बागचाैर नगरपालिका वडा नं. २ मा एक घरमा लागलागी हुदा सिरक डसना उद्योगमा पुर्ण रुमपा क्षेति पुगेको छ । बागचाैर नगरपालिका वडा नम्बर २ निवासी डम्बरबहादुर कामीको घरमा आगो लागेको हो । आगलागी हुदा स्थानिय सुरेश वलीले संचालन गरिरहेकाे शारदा सिरक डसना उद्योगमा करिब १० लाख बराबरको क्षेति पुगेको अनुमान छ ।
आगलागी शुक्रबार करिब दिउँसो साडे १ बजे सुरु भएको थियो। आगो घर नजिकैको काल्नाकाे घासबाट सल्केको बताइएको छ ।इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टाेलि र स्थानियको सकृयतामा आगो नियन्त्रणमा लिइएको थियो। आगो किन र कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।