सल्यान खलंगामा एक कार्यक्रममा राप्ती राजमार्गको तत्कालै स्तरोन्नीका लागि सरोकारवालाहरुले एक्केबद्धता जनाएका छन् । बिहिवार राप्ती राजमार्ग अन्र्तगत दाङ र सल्यानकाे सिमाना चोरखोला देखी सल्यान रुकुमकाे सिमाना खौला सम्मको ८८.४ किलोमिटर सडकको स्तरोन्नतीको काम तत्कालै अघि बढाउने गरी निर्माण व्यवसायी र सडक डिभिजन कार्यालय दाङले प्रतिबद्धता जनाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय सल्यानमा राप्ती राजमार्गकाे विषयमा भएकाे छलफलमा राप्ती राजमार्गकाे चाेरखाेला देखि खाैलासम्मकाे सडकलाइ मर्मत सम्भार गरि आउँदाे असार मसान्तसम्म पुर्णरुपमा कालाेपत्रे गर्ने निर्णय भएको हाे । यसका लागि सडक डिभिजन कार्यालय दाङले विभिन्न प्वाइन्टमा १८ वटा ठेक्का लगाइसकेकाे र तत्काल केहिदिन देखि निर्माण व्यवसायीले काम थालनि गर्ने प्रतिवद्धता जनाएका हुन् ।
सडकको मर्मतसम्भार, नाला निर्माण, ग्रावेल सहित केही क्षेत्रमा पिचको काम समेत भैरहेकाले ती कामहरुलाई तोकिएको समयमा नै सम्पन्न गर्न निर्माण व्यवसायिहरुलाई बैठकमा निर्देशन समेत दिइएको छ ।