बागचाैर नगरपालिकाकाे आयोजनामा नमुना युवा नगर सभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बागचाैर नगरपालिका नगर उप-प्रमुख सुम्निमा डि.सी वली ज्यूकाे अध्यक्षतामा भएको उक्त समापन कार्यक्रममा कर्णाली प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्मा ज्यूकाे प्रमुख आतिथ्यतामा रहेको थियो ।
भविष्यमा युवाहरुले नै देशको विभिन्न तहकाे सरकारकाे नेतृत्व गर्ने उद्देश्यका साथ बागचाैरमा नमुना युवा नगर सभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम गरिएको हाे ।
समृद्ध राष्ट्र निर्माणको आधारस्तम्भको रुपमा रहेका नेपाली युवा वर्गको नेतृत्व तथा क्षमता विकास गरी देशको शासन सञ्चालन प्रणाली र सुशासन सम्बन्धमा युवालाई सुसूचित र सशक्तीकरण गर्दै उनीहरुको सर्वाङ्गीण विकासका लागि युवामैत्री नीति, योजना, कार्यक्रम र प्राथमिकता निर्धारण गर्न युवालक्षीत उद्देश्य प्राप्तिका लागि राज्यलाई पृष्ठपोषण दिन तथा सकारात्मक वातावरण निर्माण गर्न, युवाका मुद्दाहरुको वहस पैरवी केन्द्रको रुपमा विकास गर्न, युवालाई सामाजिक दायित्व र कर्तव्य प्रति जिम्मेवार बनाउनका लागि बागचाैर नगरपालिका भित्रका १२ वटै वडामा युवाक्लब गठन तथा युवा संसदको नमूना अभ्यास गरिएको थियो, भने नगरपालिकाका १२ वटा वडा बाट २४ जनाकाे सहभागीतामा नमुना युवा नगर सभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम गरिएको हाे ।
माघ २३ गते उद्घाटन भई माघ २६ गते सम्म संचालन भएको कार्यक्रममा सहभागी युवा सांसदहरू बाट उत्कृष्ट छनाैट गरेर ३ जना लाई प्रदेशमा सिफारिस गरिएको छ, भने नगरपालिका स्तरीय युवाक्लब गठन गरिएको छ । जसकाे अध्यक्षमा गणेश वली, उपाध्यक्ष नितिसा खड्का, सचिव एकराज वली, सह-सचिव रुपा खड्का, कोषाध्यक्ष नरेश चन्द, सदस्यहरुमा रविकिरण करला, गिता रसाइली, सुनिता बि.क, पाेषन पुरी, राजु थापा, प्रतीक्षा डाँगी, पालिका रसाइली रहेका छन ।
उक्त समापन कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्मा, बागचाैर नगरपालिकाका नगर उप-प्रमुख सुम्निमा डि.सी वली, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, शिक्षा परामर्श समिति संयोजक हिरालाल न्यौपाने, प्रशिक्षक युवराज खड्का, र बिकास आचार्य, नगरपालिकाका प्रेस सल्लाहकार सन्जीव देवकोटा, सहभागी युवा सांसदहरू लगायतको उपस्थिति रहेको थियो ।