२०८२ माघ ९ गते बिहिवार | 2026 January 22nd Thursday

सल्यानकाे कुमाख गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड सुरु

कुमाख गाउँपालिकाकाे आयोजनामा पाँचौ रास्ट्रपति रनिङ शिल्ड गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरिय खेलकुद प्रतियोगिताकाे नारायण माध्यमिक विद्यालय कुमाख गाउँपालिका २, मा  रुमालगाउँमा बुधबार उद्घाटन गरिएको छ । 

कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिती सल्यानका उप-प्रमुख असबिर बुढाथोकीले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।                                   

पाँचौं राष्ट्रपति रनिङ्ग शिल्डमा नियमित रुपले अध्ययनरत १८ बर्षमुनिका पालिका भित्रका ११ वटा माध्यमिक विद्यालयका  छात्र/छात्राले सहभागिता जनाएका छन् ।                               

प्रतियोगितामा भलिबल, कब्बड्डीका साथै विभिन्न एथ्लेटिक्स खेल हुनेछन । एथ्लेटिक्समा दौड, हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभलिङ् थ्रो, सटफुट र रिले दौड हुने आयोजकले जनाएको छ ।                                                                     

कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीको  अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिती सल्यानका उप-प्रमुख असबिर बुढाथोकी, विशिष्ट अतिथि कुमाख गाउँपालिका निवर्तमान अध्यक्ष दिलमाया बुढामगर, विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष लाल बहादुर रावत, विशिष्ट अतिथि गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्द, गाउँपालिका सबै वडा अध्यक्षहरु, विभिन्न राजनितिक दलका प्रतिनिधि, गाउँपालिका विभिन्न शाखाका शाखा प्रमुखहरु, विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरु, बिद्यालयका प्रधानाध्यापकहरु, सुरक्षाकर्मी, पत्रकारहरु, बुद्धिजिवि, बिद्यार्थीहरु  लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन कुमाख गाउँपालिकाको श्री नारायण माध्यामिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र रावतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ माघ २५ गते बुधवार
प्रतिक्रिया लेख्नुहोस