२०८२ माघ ५ गते आइतवार | 2026 January 18th Sunday

टेक माइन्डस नेटवर्क प्रा.लीकाे बागचाैरमा शाखा कार्यालय स्थापना

टेक माइन्डस नेटवर्क प्रा.लीले आफ्नो सेवा विस्तार गर्ने क्रममा सल्यानकाे बागचाैरमा शुक्रबार शाखा कार्यालय स्थापना गरी कार्य शुभारम्भ गरेको छ ।                                                     

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले बागचाैर शाखाकाे उद्घाटन गर्नुभएको थियाे ।                                       

टेक माइन्डस नेटवर्क प्रा.लीले देश भरका ७० जिल्ला बाट सेवा दिदै आएकोमा सल्यान जिल्लाका सबै स्थानीय तहमा सेवा विस्तार गर्ने उदेश्य राखी बागचाैर नगरपालिकामा शाखा विस्तार गरिएको र इन्टरनेट संगै टेलिभिजन संचालनका लागि पनि तयारी गरेकाे टेक माइण्डस नेटवर्क प्रा.ली कर्णाली प्रदेश छेत्रीय प्रबन्धक संगम सुनारले बताउनुभयो । टेक माइन्डस नेटवर्क प्रा.लीको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा उहाँले प्रकाश पार्नुभएको थियो । प्रा.लीले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिनुभयो ।     

उक्त उद्घाटन कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, नगर उप- प्रमुख सुम्निमा डि.सी वली, नगर प्रवक्ता दिपेश डि.सी, स्थानीय व्यापारी, पत्रकार लगायतकाे उपस्थिति रहेको थियो ।   

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस