२०८२ असार १४ गते शनिवार | 2025 June 28th Saturday

बागचाैर नगरपालिका भित्र सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न सुरु

सल्यानको बागचौर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न सुरु गरेको छ । मंगलबार नगरपालिकाकाे वडा नम्बर ८, मा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।   

वडा नम्बर ८ मा ९३ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हाे। जसमा जेष्ठ नागरिक अन्य तर्फ ६१ जना, जेष्ठ नागरिक दलित तर्फ ९ जना, जेष्ठ नागरिक एकल महिला तर्फ ९ जना, विधवा तर्फ ७ जना, अति अशक्त ख तर्फ ४ जना र बाल पोषण भत्ता दलित तर्फ ३ जना गरि कुल ९३ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बागचाैर नगरपालिकाले जनाएको छ ।                                               

आफू निर्वाचित हुनुभन्दा पहिले चुनावमा प्रतिबद्धता गरे अनुसार सामाजिक सुरक्षा भत्ता वडा कार्यालय बाट बितरण गर्न थालिएको नगर प्रमुख गाैतमले बताउनुभयो। सामाजिक सुरक्षा भत्ता बैंकबाट बितरण हुँदा धेरै भिडभाड हुने, जेष्ठ नागरिक, अशक्तलाई बैंकसम्म आउजाउ गर्न समेत सास्ती हुने गरेको र धेरै रकम खर्च हुने गरेको जनगुनासो थियो। घरबाट बैंकसम्म आउँदा करिब एक दुई घन्टा सम्म हिँड्नु पर्ने र भीडभाडका कारण बैंकमा लामो समय पालो कुर्नपर्ने बाध्यताको अब अन्त्य भएको उहाँको भनाइ छ ।                                                               

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, नगर उप-प्रमुख सुम्निमा डि.सी. वली, बागचाैर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सुशील जंग चन्द, बागचाैर नगरपालिका पञ्जीकरण शाखाका कर्मचारी, नेपाल बैंक लिमिटेड बागचाैर शाखाका कर्मचारी, अन्य जनप्रतिनिधि र सुरक्षाकर्मीहरुको उपस्थितीमा आज वडा नम्बर ८ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।                                                         

मंगलबार माघ १७ गते वडा नम्बर ८ मा सामाजिक सुरक्षा भत्ता वितरण गरेको नगरपालिकाले बुधबार माघ १८ गते वडा नम्बर ९, बिहीबार माघ १९ गते वडा नम्बर ११ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने र अन्य वडाको केही दिनमा वितरण गरिने बागचाैर नगरपालिकाका पञ्जिकरण शाखाका शाखा प्रमुख धनेस्वर खड्काले जानकारी दिनुभयो ।                                             

बागचाैर नगरपालिकाका १२ वटा वडा भित्र, दोस्रो त्रैमासिकमा कुल ६ हजार ६ सय ३६ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउने छ्न् भने क्षेत्र तोकिएको बाल पोषण भत्ता बाहेकको अन्य सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गरिने समेत बागचाैर नगरपालिकाले जनाएको छ ।                                   

प्रकाशित मिति : २०७९ माघ १७ गते मङ्गलवार
प्रतिक्रिया लेख्नुहोस