२०८२ कार्तिक ९ गते शनिवार | 2025 October 25th Saturday

नेपाल शिक्षक संघ बागचाैर नगर कार्यसमितिकाे अध्यक्षमा जय प्रकाश वली चयन

नेपाल शिक्षक संघ बागचाैर नगरकाे दोस्रो स्थानीय अधिबेशन सम्पन्न भएको छ । शनिबार थारमारेमा सम्पन्न अधिबेशनले जय प्रकाश वलीकाे अध्यक्षतामा २९ सदस्य नयाँ कार्यसमिति गठन गरेको छ ।                                                                         

जय प्रकाश वलीकाे अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिको उपाध्यक्ष लक्ष्मी वली भण्डारी, चन्द्र प्रकाश पाैडेल, सचिव तिलकराज वली, अर्थ सचिव गाेपाल वली, सह-सचिव माेहन भण्डारी, रिता खड्का, सह-सचिव अर्थ माेहन डि.सी, रेशम वि एम लगाएत अन्य सदस्यहरु रहनुभएकाे छ ।

नेपाल शिक्षक संघ बागचाैर नगर अध्यक्ष त्रिलाेकजंग शाहीकाे अध्यक्षतामा भएको अधिबेशनमा प्रमुख अतिथि नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सह माहामन्त्री एकराज डाँगी, विशिष्ठ अतिथि बागचौर नगरपालिका नगर प्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष जनकराज गाैतम, जिल्ला समन्वय समिति सल्यान प्रमुख बेलाराम रावल अन्य अतिथिहरुमा नेपाली कांग्रेश जिल्ला कार्यसमिति सल्यानका सचिव एकराज बुढाथोकी, नेपाली काङ्ग्रेस बागचाैर नगर सभापति तथा वडा नं. २ का वडा अध्यक्ष दिपेश डि.सी, वडा नं.३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, वडा नं. ८ का वडा अध्यक्ष सुशील जंग चन्द, वडा नं. ५ का वडा अध्यक्ष जाेगेन्द्र वली, वडा नं. १२ का वडा अध्यक्ष टिकाराम वली लगाएत अन्य अतिथिहरु रहनुभएकाे थियाे ।           

कार्यक्रमकाे सहजीकरण कमला वली के.सीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार
प्रतिक्रिया लेख्नुहोस