२०८१ असोज २१ गते सोमवार | 2024 October 7th Monday

बागचौर नगरपालिकाले अब आफ्नै प्रशासनिक भवन बाट सेवा दिने

सल्यानको बागचौर नगरपालिकाले अब आफ्नै भवनबाट सेवा दिने भएको छ ।                                                                 

शुक्रबार नगरपालिकाका नगर प्रमुख जनकराज गाैतमले नगर कार्यपालिकाकाे निर्मित प्रशासनिक भवनकाे समुद्घाटन गर्नुभयो । भवन निर्माण भएको झण्डै चार बर्षपछि नगरपालिका आफ्नो भवनमा सरेको हो ।                                                             

नगरपालिकाको आफ्नो भवन नहुदाँ घरभाडामा लिएर सेवा प्रवाह गर्दै आएको नगरले भवन निर्माण हुदाँ पनि आफ्नै भवनबाट सेवा प्रवाह गर्न सकेको थिएन् । जसका लागि नगरपालिकाले बागचौर नगरपालिका २ बागचौरकै स्थानिय टिकाराम वलीको घरभाडामा लिएर सेवा प्रवाह गर्दै आएको थियो ।                                                                             

विगतमा घरभाडा बाफत १० प्रतिशत करकट्टी गरेर ४४ हजार एक सय रुपैँया तिर्दै आएको नगरपालिकाले १० प्रतिशत करकट्टी गरेर ४८ हजार ५ सय १० रुपैँया तिर्दै आएको थियो । नगरपालिका आफ्नै भवनमा सरेपछि घरभाडा बाफतको मासिक झण्डै ४८ हजार रुपैयाँ वचत भएको बागचाैर नगरपालिकाले जनाएको छ ।                                                                     

विगतमा नगरपालिकाको भवनको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो, कोरोना महामारीको बेला भवनमा आइसोलेसन निर्माण गरिएको थियो भने विभिन्न समस्याका कारण नगरपालिका आफ्नै भवनमा सर्न सकेको थिएन ।                                                                             

यस्तै बागचाैर नगरपालिकाको प्रशासनिक भवन
उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष समेत रहनुभएका बागचाैर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले नगरपालिका आफ्नै भवनमा सरेपछि नगरपालिकाको सेवा प्रवाहमा थप सहजता आउने बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै आफ्नो बाबु बाजेले भोग चलन गर्दै आएको जग्गालाई नगरपालिका निर्माणका जग्गा दान र नगद दान गर्ने सबै जग्गादातालाई धन्यवाद व्यक्त गर्नुभयो । समस्या हिजो पनि थिए, आज पनि छन् र भोलि पनि हुनेभएकाले त्यो समस्यालाई काममा बदल्नने जिम्मेवारी नेतृत्व तहको र जनप्रतिनिधिहरुको जिम्मेबारी भएको नगर प्रमुख गाैतमको भनाइ छ।

निकै समस्याका बाबजुत पनि नगरपालिका सरेपछि
नगर बासि खुशी भएको उहाँले बताउनुभयो । हामीले जनताको सहजताका लागि योजनाहरु वडा बाटै सम्झौता गर्ने कामको थालनी गरेका छाैं, अब नगर भित्रका सामाजिक सुरक्षा भत्ता खाने व्यक्तिहरुलाई बैंक र कर्मचारीहरुको सहकार्यमा केही दिनमै वडा बाटै वितरण गर्ने समेत नगर प्रमुख गाैतमले प्रतिवद्धता व्यक्त गर्नुभयो ।                                                                 

भवन उद्घाटन कार्यक्रममा बोल्दै बागचाैर नगरपालिकाका उप-प्रमुख सम्निमा डि.सी ओलिले कोभिड १९ का बेला तत्कालिन नगर सरकार र संस्थापक नगर प्रमुख, संस्थापक नगर उपप्रमुख, तत्कालिन जनप्रतिनिधि, तत्कालिन कर्मचारीले गरेको त्याग अहिलेका जनप्रतिनिधिहरुले नभुल्नुपर्ने बताउनुभएको छ ।

उहाँले नयाँ भवनबाट सेवा दिने कुरा सकारात्मक भएको बताउनुभएको छ । ‘जनताको सेवालाई पहिलो प्रथामिक्ता दिन्छाैं, पहिलेका जनप्रतिनिधिहरुले एउटा खाका बनाउनु भएको छ, मार्गदर्शन दिनुभएको छ, त्यहीँ मार्गदर्शनलाई पछ्‌याएर हामीले काम गर्ने हो उहाँले भन्नुभयो ।’                                             

यस्तै उद्घाटन कार्यक्रमको अबसरमा नगरपालिकाको भवन निमार्णकाका लागि जग्गादान गर्ने स्थानीय ३४ जना जग्गादाता र २४ जना नगद चन्दादातालाई नगरपालिकाले सम्मान समेत गरेको छ ।


बागचौर नगरपालिकाको नव निर्मित भवनको उद्घाटन समारोहका सभाध्यक्ष नगर प्रमुख जनकराज गौतम, अथितिहरुमा नगर उप-प्रमुख सुम्निमा डि.सी.ओलि, संस्थापक नगर प्रमुख लोकमान बुढाथोकी, संस्थापक उप-प्रमुख कल्पना पुन, प्रमुख प्रशासकीय अधिकृत अन्नत कुमार गौतम, नगरभित्रका १२ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, नगरपालिकामा कार्यरत विभिन्न शाखाका कर्मचारीहरु, पत्रकारहरु, नगर भित्रका विभिन्न बिद्यालयका प्रधानाध्यापकहरु, आमा समूहरु लगायत स्थानीय बासिको सहभागीता रहेको थियो भने कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न झाकि, मयुर नाच समेत प्रस्तुत गरिएको थियो ।


कार्यक्रमको संञ्चालन बागचाैर नगरपालिकाका रोजगार संयोजक नवराज डाँगीले गर्नुभएको थियो । अत्यावश्यक बाहेकका सेवा ३ दिन बन्द गरेको बागचाैर नगरपालिकाले अब आफ्नै भवनबाट माघ १५ गते आइतबारदेखि सेवा प्रवाह गर्नेछ ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस