२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

अवैध रुपमा बिक्री गर्दै गरेको रसायनिक मल सहित सल्यानमा १ जना प्रहरी नियन्त्रणमा

प्रहरीले सल्यानमा अवैध रुपमा बिक्री वितरण गरिरहेकाे रासायनिक मल नियन्त्रणमा लिइएको छ।

बिहीबार दिउँसो करिब १ बजेतिर बागचौर नगरपालिका -११ पानीचाैर बस्ने शेर बहादुर खड्का र साेहि ठाउँ बस्ने दिनेश ओलीले रा १ क १३६३ नम्बरको मिनि ट्रकमा कृषि सामाग्री कम्पनी लिमिटेड तुलसिपुर दाङ शाखा बाट डि.ए.पि.३० बोरा , युरिया ७९ बोरा र पोटास ५० बोरा ल्याई शेर बहादुरको घरमा गोदाम गरी अबैधानिक रूपमा राखी बेच्न लागेको अवस्थामा उक्त मल सहित ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

विशेष सुचनाको आधारमा अस्थाई प्रहरी पोस्ट बाफुखोलाबाट प्रहरी सहायक निरीक्षक सिउधन खत्रीको कमाण्डमा ३ जनाको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय सिमखोलीबाट प्रहरी नायव निरीक्षक ओपेन्द्र शाहीको कमाण्डमा खटिएको ५ जनाको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्ताेष खनालले बताए।

प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस