२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

हंशबाहिनी सामुदायिक सिकाई केन्द्र थारमारेकाे १७ औं साधारणसभा सम्पन्न- नयाँ व्यवस्थापन समिति गठन

हंशबाहिनी सामुदायिक सिकाई केन्द्र थारमारेकाे १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सिकाइ केन्द्रका अध्यक्ष लक्ष्मीनारायण के.सीकाे अध्यक्षतामा भएको उक्त साधारणसभा कार्यक्रममा बागचाैर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष दिपेश डि.सी प्रमुख अतिथि रहनुभएकाे थियो । प्रमुख अतिथि डि.सीले ब्यानर पढेर कार्यक्रमकाे उद्घाटन गर्नुभएको थियो ।

आफुले आर्जन गरेको आयबाट नियमित रुपले बचत गर्ने बानी बसाल्न उत्प्रेरित गर्ने, व्यवसायिक एवं सिपमुलक अन्य आयआर्जनका कार्यक्रमहरु लगायत अधिक संकट टार्न रकम आवश्यक भएका गरीब तथा विपन्न वर्गका महिलाहरुलाई अनुदान रकम उपलब्ध गराउने निरक्षर हटाउना साक्षात्कार कार्यक्रम संचालन गर्न सामुदायिक सिकाई केन्द्र गठन गरि विभिन्न कार्यक्रमहरु संचालन गर्ने उद्देश्यले २०६२ साल फाल्गुन १८ गते बागचाैर नगरपालिका वडा नं. २ थारमारे सल्यानमा विधिवत अनौपचारिक शिक्षा केन्द्रमा दर्ता भई विगत वर्ष देखि थारमारेमा पुस्तकालय संचालन र आय आर्जनका कार्यक्रमहरु संचालन गर्दै आएको संस्था हो ।

वार्षिक साधारणसभामा सिकाइ केन्द्रका कोषाध्यक्ष कृपाराम शर्माले आर्थिक बर्ष २०७८/०७९ को लेखापरिक्षण प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/ ०८० को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो । साधारणसभा बाट सामुदायिक सिकाई केन्द्रकाे नयाँ व्यवस्थापन समिति गठन गरिएको छ ।

नव गठित समितिमा अध्यक्ष कृपाराम शर्मा, सचिव विमला डाँगी के.सी, काेषाध्यक्ष विष्णु बस्नेत, सदस्यहरुमा डा.पूर्ण बहादुर भण्डारी, लक्ष्मीनारायण के.सी, टेक बहादुर डि.सी, आतिराम बस्नेत, शाेभाराम बस्नेत, राधा बुढाथोकी, देवीलाल सुनार र तुलसीराम बस्नेत रहनुभएकाे छ ।

प्रकाशित मिति : २०७९ पुष २९ गते शुक्रवार
प्रतिक्रिया लेख्नुहोस